२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १अवैध औषधी विक्रीको आशंका : अनुगमन टोली देखेपछि फार्मेसी संचालकहरुको भागाभाग

अवैध औषधी विक्रीको आशंका : अनुगमन टोली देखेपछि फार्मेसी संचालकहरुको भागाभाग


विराटनगर– अनुगमन टोली आएको देखेपछि विराटनगर– ४ नोबेल शिक्षण अस्पताल अगाडी रहेको १८ वटा औषधी पसल बन्द गरेर संचालन फरार भएका छन् । औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालय प्रमुख संजिव शर्मा कट्टेलको नेतृत्वमा निस्किएको टोली देखेपछि यहाँ रहेका अधिकांश औषधि पसल बन्द गरि बन्द गरि संचालकहरू फरार भएका हुन् ।

औषधी पसलहरूमा विकृती बढेको जनगुनासो आएपछि विभागले सोमबार अनुगमन गरेको थियो । विराटनगर अस्पताल (विराट नर्सिङ्ग होम) भित्रको फार्मेसीसहितका आधा दर्जन औषधी पसलमा अनुगमन गरेपछि विभागको टोली नोबेल अस्पताल अगाडीको फार्मेसीमा अनुगमनका लागि निस्कियो ।

अनुगमन टोली आएको थाहा पाए लगतै फार्मेसी संचालक फरार भए । अनुगमन टोली आएको जानकारी पाएपछि शिव पावर्ती फार्मेसी, कोहिना मेडिकल हल, धनुषा फार्मेसी, बुढासुब्बा फार्मेसी, कास्मि फार्मेसी, सिद्धार्थ फार्मेसी, सुजता फार्मेसी, चाहना फार्मेसी, सहलेश मेडिकल हल छन् ।

यस्तै समर फार्मेसी, किर्पा फार्मेसी, जोया फार्मेसी, शान्ता फार्मेसी, परिचय फार्मेसी, जनता मेडिको, जस्मित फार्मेसी, सिरहालि फार्मेसी र हरीहोम मेडिकल हल अनुगमन टोली आएको देखेपछि फरार भएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

‘अनुगमन टोली आएको देखेपछि एक पछि अर्को गर्दै सटर बन्द गरि संचालक फरार भए,’ फार्मेसी निरीक्षक खड्का भने, ‘बन्द गरेको फार्मेसीलाई एक साता भित्रमा औषधी व्यवस्था विभागको शाखा कार्यालयमा उपस्थित हुन पत्र काट्ने छौं । उपस्थित नहुने फार्मेसीलाई कारवाहीको दायरामा ल्याउछौं ।’

औषधी विक्री गर्न पसलमा अनिवार्य ‘फर्माशिष्ट’ पढेको व्यक्ति हुनुपर्छ । तर, नोबेल अगाडीका अधिकांश व्यवसायीहरूले फर्माशिष्ट नराखि औषधीको विक्री वितरण हुने, औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री हुने गरेकोले संचालक फरार भएको स्रोतले बतायो ।

‘फार्मेसी क्षेत्रमा विकृतीहरू बढेको जनगुनासो आएपछि अनुगमनमा हिडेका थियौं,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भने, ‘नोवेल अगाडीका अधिकाशं फार्मेसीहरू बन्द गरेर फरार भए । फारार भएका सबैको लिस्ट तयार भएको छ । उनीहरू सबैलाई पत्र काटेर कार्यालयमा अनिवार्य उपस्थित गराउँछौं ।’

यस अघि पनि औषधी व्यवस्था विभाग विराटनगरको टोली नोवेल अगाडीको फार्मेसी अनुगमन गर्न जाँदा सन्चालक पसल बन्द गरेर फरार भएका थिए । बारम्बार अनुगमन टोली जाँदा फरार हुनुले पनि विभागमा दर्ता नभएको औषधीको विक्री वितरण हुनु र चिकित्सकले लेखेको भन्दा फरक औषधी विक्री गरेको हुनसक्ने विभागले आशंका गरेको छ ।

साेमबार नै  औषधी व्यवस्था विभाग विराटनगरले विराटनगरस्थित विराट नर्सिङ्ग होम अगाडीका दुई वटा औषधि पसल (फार्मेसी) बन्द गराएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका समर फार्मेसी र सिंहदेवी फार्मेसीलाई  विभागले बन्द गराएको हो ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ