विराटनगर – प्रदेश १ मा थप ८३ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार मात्रै सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ७महिला र ७पुरुष, इटहरीमा २ महिला र ९ पुरुष, दुहवीमा ३ महिला र ५ पुरुष, हरिनगरमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा ६ महिला र १० पुरुष, बुढीगंगामा ६ पुरुष, बेलबारीमा १ महिला र १ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, उर्लाबारीमा १ पुरुष, स्थानीय तह नखुलेका १ महिला २ पुरुषमा संक्रमण देखिएको छ । उता, ओखलढुङ्गाको सिद्धिचरणमा १ महिला र २ पुरुष, सुनकोशीमा १ पुरुष, खोटाङको ऐसेलुखर्कमा र स्थानीयतह नखुलेका १–१ पुरुष, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, धनकुटा र इलाममा १–१ महिला र प्रदेश १ बाहिरका ३ महिला र ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ माकोरोना संक्रमितको संख्या ६ हजार ५१९ पुगेको छ ।
प्रदेश १ मा थप ४४ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ७, धाईजन आइसोलेसन केन्द्र झापाबाट ३, न्युरो अस्पताल विराटनगरबाट २ र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।
हालसम्म २ हजार ८ सय ६८ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा पछिल्लो २४ घन्टामा ९ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २७महिला र ५६ पुरुष रहेका छन् । मन्त्रालयकाअनुसार हालसम्म १ लाख २१ हजार ९१२ जनाको पीसीआर परीक्षण भएको छ ।