विराटनगर – प्रदेश १ मा थप ८५ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ६ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
मोरङको विराटनगरमा ८ महिला १६ पुरुष, बुढीगंगामा ५, बेलबारी र धनपालथानमा ३–३, मिक्लाजुङ, सुन्दरहरैचा, उर्लाबारी, जहदा, कानेपोखरीमा १–१ पुरुष र रंगेलीमा १ महिलामा संक्रमण देखिएको हो ।
उता, सुनसरीको इटहरीमा २ महिला र १३ पुरुष, दुहवीमा २ महिला र २ पुरुष, इनरुवामा १ महिला र २ पुरुष, बर्जुमा १ महिला र १ पुरुष, धरानमा १ महिला, झापाको भद्रपुरमा १ महिला र ९ पुरुष, विर्तामोड र दमकमा १–१ महिला, ताप्लेजुङको फङलिङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार १४९ पुगेको छ ।
त्यस्तै, प्रदेश १ मा आज ३८ जना डिस्चार्ज भएका छन् । कोभिड-१९ आइसोलेसन केन्द्र, रंगेलीबाट ९ जना, गढी आइसोलेसन केन्द्रबाट ८ जना, होम आइसोलेसनबाट ८ जना, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरबाट ६ जना, न्युरो अस्पताल विराटनगरबाट ४ जना, मेची अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५६ पुगेको छ ।
प्रदेश १ मा आज मात्रै ६ सय २५ जनाका पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख १९ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।