गृहपृष्ठ ∕ प्रदेश १ ∕ विपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु विपीमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको मृत्यु अनिल श्रेष्ठ सोमबार, २०७७ भदौ ८ गते, ११:०६ मा प्रकाशित सांकेतिक तस्वीर विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना संक्रमितको पनि मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ का ६८ वर्षीय ती व्यवसायी संक्रमितको आइतबार साँझ साढे ६ बजे मृत्यु भएको हो । साउन २९ गते कोरोना पुष्टि भएपछि ३० गते उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी पद्धतिबाट उपचार गरिएको थियो । मोरङको सुन्दरहरैचाका कोरोनामुक्त भएका युवाले प्लाज्मा दिएका उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । मृतक पुरुष विपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् । प्लाज्मा थेरापी गरिएका दोस्रो व्यक्तिको शनिबार दिउँसो मृत्यु भएको थियो । यो सँगै धरानमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । एक महिला र दुई पुरुषको मृत्यु भएको हो । प्रदेश १ मा कारोनाको कारण ज्यान गुमाउने हालसम्म १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरीको धरानका हुन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन स्वस्थ जीवनका निम्ति ब्यायाम जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन स्वस्थ जीवनका निम्ति ब्यायाम जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम