गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ ८ गते, ११:०० मा प्रकाशित विराटनगर—विराटनगरमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर–८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा ल्याइएको एक घण्टा भित्रमा मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । श्वासप्रश्वासमा एक्कासी समस्या भएपछि राती ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो । ‘उपचारका लागि ल्याउँदा अवस्था गम्भीर बनिसकेको थियो,’ अस्पतालका प्रमुख फिजिसियन डा. दिपक सिग्देलले भने, ‘उपचारको क्रममा मृत्यु हुन पुग्यो ।’ मृतक पुरुष अवकाश प्राप्त शिक्षक रहेको खुलेको छ । मृतक पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै विराटनगरको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगरमा कोरोना संक्रमणको कारण हालसम्म मृत्यु हुने १ महिलासहित १० जना पुगेको छ । प्रदेश १ मा कोरोनाको कारण मृत्यु हुने १७ जना पुगेका छन् । जसमध्ये १४ जना मोरङ र तीन जना सुनसरी धरानका रहेका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी साढे १२ करोड लागतमा बन्ने गौरादह नगर अस्पतालको प्रधानमन्त्रीबाट शिलान्यास कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती… नोबेलमा गलत उपचारले बिरामीको मृत्यु भएको भन्दैं हस्पिटलसहित डाक्टरविरुद्ध मुद्दा… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी स्वस्थ जीवनका निम्ति ब्यायाम