२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेलका नर्ससहित विराटनगर महानगरमा थपिएका ४० संक्रमित

नोबेलका नर्ससहित विराटनगर महानगरमा थपिएका ४० संक्रमित


विराटनगर- विराटनगर महानगरपालिका भित्र शनिबार साँझसम्म ४० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २१ पुरुष र १९ महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित थपिएसँगै विराटनगर महानगरपालिकामा शनिबार साँझसम्म संक्रमितको संख्या ४ सय ८२ जना पुगेको छ ।

विराटनगरमा देखिएका संक्रमितमध्ये एक जना विराटनगरस्थित नोबेल अस्पतालका एक जना नर्स रहेका छन् । शनिबार आएको रिपोर्टअनुसार थप एक जना नर्स संक्रमण पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । थपिएका नर्ससहित नोबेलमा संक्रमितको संख्या १० जना पुगेको अस्पतालले जनाएको छ ।

शनिबार थपिएका संक्रमितमध्ये विराटनगर ३ र ९ वडामा ७/७ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै विराटनगर १६ मा ४ जना, ६ मा ६ जना र ११ मा ३ जना संक्रमण देखिएको छ ।

यस्तै, विराटनगर १ मा २ जना, २ मा १ जना, ५ मा ३ जना छन् । विराटनगर ८, १०, १३, १५ मा १/१ जना संक्रमण देखिएको छ भने विराटनगर १७ मा २ जना देखिएको छ । १ जना वडा नखुलेको संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ