२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङ अदालतका न्यायधीशलाई कारोना पुष्टि

मोरङ अदालतका न्यायधीशलाई कारोना पुष्टि


विराटनगर—मोरङ अदालतका एक जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको परीक्षण रिपोर्टमा आइतबार साँझ कोरोना संक्रमण पुष्टि भएको अदालतमा सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।

न्यायाधीशसहित अदालतका चार ४ जना कर्मचारीकोे पिसिआर प्रविधिबाट गरिएको थियो । परीक्षण गरिएका मध्ये एक जना न्यायधीशको रिपोर्ट पोजेटिभ आएको हो ।

अदालतका एक न्यायाधीशमा कोरोक्रा संक्रमण पुष्टि भएपछि सोमबारदेखि तीन दिनका लागि अदालत बन्द गरिएको सूचना अधिकारी पौडेलले बताए । ‘तीन दिन अदालत पूर्ण रूपमा बन्द गरी सेनिटाइज गरिनेछ,’ अदालतका सूचना अधिकारी पौडेलले भने, ‘अदालतका अन्य कर्मचारीहरूको कन्ट्रयाक टे«सिङका लागि विराटनगर महानगरपालिकालाई भनिनेछ ।’

अदालत बन्द भएपछि नियमित मुद्दाका सुनुवाई पनि स्थगित हुनेछ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ