विराटनगरमा स्वास्थ्य केन्द्र स्थापना

विराटनगर -विराटनगर महानगरपालिकाले वडा नं. १६ दरैयास्थित स्वास्थ्य केन्द्र स्थापना गरेको छ । भारतको सिमा जोडिएको वडामा महानगरपालिकाले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।
स्थानियमा स्वास्थ्य सेवाको पहुच बढाउने उद्देश्यले स्वास्थ्यकेन्द्र स्थापना गरेको विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले जानकारी दिए । स्वास्थ्यचौकीको बुधवार एक अनौपचारिक कार्यक्रमका वीच विराटनगर महानगरका प्रमुख पराजुलीले उद्घाटन गरेका छन् ।
नगरका हरेक क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यका साथ महानगरले काम गरिरहेको उनले बताए । कोरोनाका कारण सामान्य जाँच गर्न समेत कठिनाइ भइरहेको अबस्थालाई मध्यनजर गर्दै महानगरले काम गरिरहेको पराजुलीले बताए ।
यस्तै, विराटनगर १६ का वडाध्यक्ष मनोज सुव्वाले जटिल परिस्थितीमा स्थापना भएको स्वास्थ्यकेन्द्रबाट वडावासी खुसी भएको बताए । यसका लागि थप स्वास्थ्य परिक्षणका दायर बढाउन सुव्वाले महानगरपालिकासँग आग्रह गरे । स्वास्थ्यकेन्द्रबाट स्थानीयस्तरमा उत्कृष्ट सेवा प्रवाह गर्ने गरी थप गृहकार्य भइरहेको विराटनगर महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।
महानगरले यसभन्दा अगाडी वडा नं.४ को इक्राइ चोकमा आधारभूत स्वास्थ्यकेन्द्र स्थापना गरेको छ । स्वास्थ्य केन्द्र नहुदा बिशेष गरी बृद्धवृद्धा,गर्भवती र बालबालिकाहरुले समस्या बेहोरिरहेका थिए । एक जना डाक्टर र नर्स रहने गरी स्वास्थ्यकेन्द्र स्थापना भए संगै स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
धेरै पढिएका
- १ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
- ७ दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु
तपाईको प्रतिक्रिया दिनुहोस