विराटनगर – विराटनगर महानगरपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि दुई वटा वार्ड पूर्णरुपमा सिलबन्दी गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन विराटनगर १५ र विराटनगर ६ लाई सिलबन्दी गरिने निर्णय भएकाे हाे ।
उक्त दुई वडा पूर्णरुपमा सिलबन्दी गरेर संक्रमितसँग सम्पर्कमा पुगेका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुको परीक्षण गर्ने तयारी गरिएको बताइकाे छ ।
विराटनगर १५ हडतालीहाट क्षेत्रका एक ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएको छ । पुरुष विराटनगर महानगरपालिकाका सफाई कर्मचारी हुन् भने महिला माछा व्यापारी हुन् । ती महिला केही दिन अगाडि मात्रै भारतबाट नेपाल फर्केको जनाइएको छ।
आइतबार राती मोरङ प्रहरिले सूचना जारी गर्दै औषधी र दुधका पसलहरु मात्र खुल्ने जनाएको छ। प्रहरीले लकडाउनलाई पूर्णरुपमा कार्यान्वय गर्न समेत अपिल गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी मानबहादुर राईले पछिल्लो अबस्थालाई ख्याल यस्ताे निर्णय गरिएको बताए । सबैलाई यो अपिल सबैले पालना गरेर लकडाउनलाई सहयोग गर्न उनले अनुराेध गरेका छन् ।