२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा ५० शैय्याको कोरोना विशेष अस्पताल संचालन

विराटनगरमा ५० शैय्याको कोरोना विशेष अस्पताल संचालन


विराटनगर – प्रदेश १ सरकारले कोरोना संक्रमित (कोभिड १९) को उपचार गर्ने काेराेना विशेष काेशी अस्पताल संचालनमा ल्याएकाे छ । विराटनगरस्थित नेशनल ट्रेडिङको भवनमा १० शैय्याको भेण्टिलेटर वार्डसहितकाे ५० शय्याको अस्पताल निमार्ण पुरा गरि शुक्रबारदेखि संचालनमा आएकाे हाे ।

चैत ७ गते मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको प्रदेश स्तरीय कोरोना रोकथाम तथा उपचार निर्देशक समितिको बैठकले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोरोना अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार १० वटा भेन्टीलेटरसहित ५० बेडको अस्पताल संचालनमा आएको हो । अस्पतालको मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, सामाजिक विकास मन्त्री जिवन घिमिरेले शुक्रबार अनुगमन गरे ।

कोरोनाको संक्रमण रोेकथाम र नियन्त्रणका लागि प्रदेश सरकार सचेत भएर अगाडी बढीरहेको मख्यमन्त्री राईले बताए । विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशबासीलाई बचाउँने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए ।

प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपुर्तीका लागि अध्ययन गरिरहेको बताए। यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए। उनले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल गरे ।

१० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुख डा संगिता मिश्रले बताइन् । कोरोना संक्रमणको प्रभाव नियन्त्रणमा आइसकेपछि पनि उक्त केन्द्रलाई अन्य स्वास्थ्य उपचार गरिने सामाजिक विकास मन्त्री घिमिरेले बताए ।

उपचारमा खटिने स्वास्थ्यकर्मीहरुकालागि व्यक्तिगत स्वास्थ्य सुरक्षा र बिमा गरिने छ । साथै अतिरिक्त भत्ताको समेत व्यवस्था गरिने मन्त्रालयले जनाएको छ । आइसियु र भेन्टिलेटर सहितकाे सुविधा रहेको उक्त अस्पतालले कोरोना प्रमाणीत भएर सिफारिस भएका बिरामीहरुको मात्रै उपचार गर्ने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ