२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कानेपोखरीमा ७ वेडको क्वारेन्टाइन

कानेपोखरीमा ७ वेडको क्वारेन्टाइन


कानेपोखरी–कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम सामना गर्नको लागि मोरङको कानेपोखरी गाउँपालिका बयरवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । बयरवनस्थित स्वास्थ चौकीमा रहेको सर्पदंश उपचार केन्द्रको भवनमा ७ वेडको अस्थायी सुरक्षित सुविधा सम्पन्न क्वारेन्टाइन निर्माण भएको हो ।

कानेपोखरी गाउँपालिकाको सहयोग र स्थानीय युवाको समन्वयमा क्वारेन्टाइन निर्माण भएको हो । वैदेशिक रोजगारबाट आएकाहरुलाई १४ दिनसम्म बस्ने क्वाराइन्टाइन निर्माण गरिएको र क्वारेन्टाइनमा बस्ने विरामीको लागि ट्याइलेट, बाथरुम, खाजा, खाना सबैको व्यवस्थापन गरेको वडाध्यक्ष धनबहादुर राईले बताए ।

अहिले होम क्वारेइन्टाइनका लागि होममेड पीपीई पालिकाको तीन वटा स्वास्थ्य चौकीका ६ जना स्वास्थकर्मीहरुलाई र एम्बुलेन्स चालकलाई दिएको छ । त्यसैगरी स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण प्रदेश सरकारबाट दुई थान आउने क्रममा रहेको गाउँपालिकाकी उपाध्यक्ष राजमती इङ्नामले बताइन् । उनले गाउँपालिकामा कोरोनाको संक्रमण बढी देखिएमा अन्य स्थानमा पनि क्वारेन्टाइन राख्न सकिने बताइन् ।

क्वारेन्टाइनमा वेड र आवश्यक पर्ने स्वास्थ उपकरण पनि आएको कानेपोखरी गाउँपालिकाका स्वास्थ संयोजक राहिन्द्र कुमार राजभण्डारीले जानकारी दिए । अहिले गाउँपालिकामा ६३ जना वैदेशिक रोजगारबाट घर आएका तथ्यांक छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ