२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मुख्यमन्त्री राईले भने, ‘जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिन्छ’

मुख्यमन्त्री राईले भने, ‘जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिन्छ’


विराटनगर—प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका जनताको सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । मोरङको मिक्लाजुङ्ग गाउँपालिका–५ स्थित टाँडीमा निर्माण भएको २ सय शैय्याको क्वारेन्टाइनको आइतबार स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशको जनताको स्वास्थ्यको जिम्मेवारी प्रदेश सरकारले लिने बताएका हुन् ।

कोरोना भाइरस (कोभिड—१९) को संक्रमण रोक्न प्रदेश सरकार र नेपाली सेनाको सहकार्यमा टाँडीमा दुई सय वेडको क्वारेन्टाइन केही दिन अगाडि निर्माण भएको थियो । क्वारेन्टाइनस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको सुरक्षामा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे । मुख्यमन्त्री राईले कोरोना नियन्त्रण गर्न प्रदेशअन्तर्गतका भारतसँग सीमा जोडिएका साना नाकाहरु आइतबारबाट बन्द गरेको जानकारी दिए । साथै, ठूला नाकाहरुमा आवागमनमा कडाइ गर्ने जानकारी दिदै त्यहाँको चेकपोष्टहरुलाई कडाइ तथा प्रभावकारी बनाउने उनको भनाइ छ ।

उनले प्रदेश सरकारले कोभिड–१९ नियन्त्रणका सम्बन्धमा कार्य योजना बनाएर सार्वजनिक गरेको उनले जानकारी दिँदै यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको बताए । प्रदेश सरकारले विराटनगरमा एक सातामा तयार गरिने ५० शैय्याको आइसोलेसनसहितको अस्पतालको काम पनि तीव्र गतिमा भइरहेको बताए । ‘आइतबार बसेको सुरक्षा समितिको बैठकमा विराटनगरको रानी तथा कांकडभिट्टा नाकालाई व्यवस्थित र चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको भयो,’ उनले भने, ‘तेस्रो देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको छ ।’

प्रदेशका नागरिकलाई कोभिड–१९ को संक्रमणणबाट बचाउन उच्च प्राथमिकतामा राखिएको र प्रदेशका आवश्यकताअनुसार क्वारेन्टाइन र आइसोलन वार्ड निर्माण गरिएको मुख्यमन्त्री राईले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ