२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङका साना नाकामा छैन हेल्थ डेक्स

मोरङका साना नाकामा छैन हेल्थ डेक्स


विराटनगर—मोरङको आधा दर्जन बढी भारतसँग सीमा जोडिएको साना नाकाहरूमध्ये अझै तीन वटा साना नाकाहरूमा हेल्थ डेक्स राखिएको छैन । सुनवर्षी नगरपालिका– ८ सिक्टी, ढोरियालगायतको भारतसँग सीमा जोडिएका छोटी नाकामा हेल्थ डेक्स नराख्दा सयौंको संख्यामा मानिस निस्फिक्री ओहोर—दोहोर गर्दै आएका हुन् ।

पश्चिम नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना भाइरस (कोभिड–१९)का संक्रमित भेटिएका छन् । पारिपट्टी संक्रमण देखिएपछि नेपालतर्फ त्रास बढेको छ । सुनवर्षी नगरपालिका– ८ का स्थानीयले भारतसँग सीमा जोडिएको सिक्टी नाकामा हेल्थ डेक्स राख्न स्थानीय सरकारलाई माग राख्दा पनि अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।

सुनवर्षी नगरपालिका ८ का वडा सदस्य कन्हा मियाका अनुसार सिक्टी नाकाबाट दैनिक ७ सयदेखि ८ सयको संख्यामा नेपाली र भारतीय नागरिक आहोर—दोहोर गर्ने गरेको बताए । सिक्टी नाका हुँदै दैनिक सयौं नेपाली भारतको बजारमा किनमेल गर्न पुग्छन् । उनीहरू जाँदा भारततर्फ हेल्थ डेस्कमा चेकजाँच हुन्छ । तर, फर्किने बेला नेपालतर्फ जाँच नभएको वडासदस्य मियाले बताए ।

सुनवर्षीसँगै सीमा जोडिएको रंगेली नगरपालिकाले भारतसँग सीमा जोडिएको तीन वटा नाकामा हेल्थ डेक्स राखेको बताइएको छ । रंगेली नगरपालिकाको आपगाछी, चोपरालगायतको सानो नाकामा हेल्थ डेक्स रोखर भारतबाट आउनेको स्वास्थ्य जाँच गर्दै आएको १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाको सिनियर अहेब एपोलोकुमार भगतले जानकारी दिए । यस्तै धनपालथान गाउँपालिका — को नोचा, २ को खैरवना र ३ को मायागन्ज भारतसँग सीमा जोडिएको नाकामा हेल्थ हेक्स राखिएको छ ।

मोरङको भारतसँग सीमा जोडिएको ८ वटा सीमा नाकामध्ये अहिले पाँच वटा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य जाँच गर्दै आएको विकास मन्त्रालयको स्वास्थ्य महाशाखाको सिनीयर अहेब भगतले बताए । बाँकी रहेको सीमा नाकामा पनि स्थानिय पालिकासँग समन्वय गरेर हेल्थ डेक्स राख्ने तयारी गरिएको उनले बताए ।

भगतका अनुसार प्रदेश १ को ३७ वटा सीमा नाकामा हेल्थ डेक्स संचालकमा आएको जानकारी दिए । गत फागुन २७ गतेदेखि सीमा नाकामा हेल्थ डेक्स राखेर स्वास्थ्य जाँच गरिएको बताए । शुक्रबार साझसम्म १ लाख ५ हजारको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए । ‘सबैभन्दा बढी काँकभडभिट्टा र विराटनगर नाकाबाट ओहोर—दोहोर गरिएको मानिसको स्वास्थ्य परीक्षण बढी गरिएको छ,’ उनले भने, ‘राखिएको हेल्थ डेक्समा २ सिफ्ट गरेर स्वास्थ्य जाँच हुने गरेको छ ।’ विहान ६ देखि १२ बजे र १२ देखि साँझ ६ बजेसम्म गरेर दुई वटा टोली बनाएर हेल्थ डेक्समा स्वास्थ्य जाँच हुने गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सीमा नाकामा हेल्थ डेस्क राखिए पनि भरपर्दो देखिएको छैन । दक्षिणी भेगका विभिन्न नाकामा राखिएका डेस्कका कर्मचारीले सामान्य ग्लब्स र मास्क लगाएर भारतबाट प्रवेश गर्नेलाई थर्मल स्क्यानरले ज्वरो जाँच गर्दै आएका छन् । ‘ज्वरो नाप्ने इफारेड थर्मोमिटर पर्याप्त नहुँदा थप स्थानमा हेल्थ डेक्स विस्तार गर्न नसकिएको छैन,’ मन्त्रालयको स्वास्थ्य महाशाखाको भगतले भने, ‘संघीय सरकारसँग स्वास्थ्यकर्मीहरूलाई आवश्यक पर्ने सामाग्री माग गरिएको छ ।

इफारेड थर्मोमिटर सहित अन्य आवश्यक सामाग्री आएपछि थप हेल्थ डेक्स विस्तार गरेर स्वास्थ्य जाँच हुन्छ ।’ मोरङको सीमा नाकामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच संक्रमणको कोरोना भाइरसको आशंका भएका व्यक्तिलाई विराटनगरस्थित कोशी अस्पतालको आइसोलेन वार्डमा राखेर उपचार गरिन्छ । यहाँ ३ वटा कोठामा ६ वेडको आइसोलेन वार्ड तयारी अवस्थामा रहेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ