जिल्ला जनस्वास्थ्य कार्यलय खारेजी निर्णय सच्याउन स्वास्थ्यकर्मीको माग

विराटनगर- १ नम्बर प्रदेश सरकारले प्रदेश अन्तर्गत स्वास्थ्य कार्यालय खारेज गरी नयाँ संरचनामा बनाउने गरेको निर्णय सच्याउने स्वास्थ्यकर्मीहरूले माग गरेका छन् । नेपाल जनस्वास्थ्य संघ १ नम्बर प्रदेशको विराटनगरमा मंगलबार बसेको बैठकपछि उनीहरूले विज्ञाप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।
नेपाल नजस्वास्थ्य कार्यालय १ नम्बर प्रदेश कार्यालयका अध्यक्ष अनिल देवको अध्यक्षता र विभिन्न जिल्लाका स्वास्थ्य प्रमुख तथा सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखाका प्रतिनिधी र अन्य जनस्वास्थ्यकर्मीहरुको उपस्थितीमा बैठक बसेको थियो । उक्त बठैकले अन्य विभिन्न निर्णाय पनि गरेको छ ।
बैठकले सामाजिक विकास मन्त्री संग भेटघाट गरी स्वास्थ्य कार्यालय सम्वन्धमा छलफल गर्ने, स्वस्थ्य संग सम्वन्धित सम्पूर्ण पेशागत संघ संगठनको भेला गरी कोरोना र डेंगी जस्ता रोगको रोकथाम र स्वास्थ्य मन्त्रालयको आवश्यकता वारे छलफल गर्ने निर्णाय गरेको अध्यक्ष देवले जानकारी दिए ।
गत विहिबार बसेको प्रदेश १ को मन्त्रीपरिषद बैठकले जिल्ला स्वास्थ्य तथा जनस्वास्थ्य कार्यालय खारेज गरी शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाका क्षेत्र समन्वय गर्ने गरी सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ३ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ४ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
- ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
तपाईको प्रतिक्रिया दिनुहोस