२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको फ्रेन्डसीप फार्मेसीमा म्याद सकिएको औषधी, संचालकको बयान सुरू

विराटनगरको फ्रेन्डसीप फार्मेसीमा म्याद सकिएको औषधी, संचालकको बयान सुरू


विराटनगर-विराटनगर–९ मा विकास मण्डलले संचालन गरेको ‘हाम्रो फ्रेन्डसीप फार्मेसीबाट म्याद गुज्रेको औषधी बरामद भएका छन् । औषधी व्यवस्था विभाग विराटनगरले आइतबार गरेको अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट १५ प्रकारको म्याद गुज्रिएको औषधी बरामद गरेको हो ।

औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत चतुर्भुजप्रसाद यादवको नेतृत्वको टोलीले हाम्रो फ्रेन्डसीप फार्मेसीबाट विभिन्न १५ प्रकारको १ सय ३९ परिमाण बरामद गरेको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका निमित्त कार्यालय प्रमुख दिपेन्द्र खड्काले जानकारी दिए ।

‘मौखिक रूपमा विराटनगरको केही औषधी फार्मेसीले म्याद सकिएको औषधी विक्री गरेको यस कार्यालयमा उजुरी आएको थियो,’ उनले भने, ‘फार्मेसी अधिकृतको नेतृत्वमा गएको टोलीले विराटनगरको दुई वटा फार्मेसीमा अनुगमन गरेको हो । अनुगमनको क्रममा फ्रेन्डसीप फार्मेसीबाट ठूलो संख्यामा म्याद सकिएको औषधी फेला प¥यो ।’

म्याद सकिएको औषधीमा लेबल लगाएर नयाँ मिति जारी गरी औषधी पुनः विक्री गर्ने उद्देश्यले फार्मेसीमा राखिएको हुनसक्ने आशंका गरिएको छ । ‘बरामद औषधी ल्याएर हामीले अनुसन्धान सुरू गरेका छौं,’ निमिक्त कार्यालय प्रमुख खड्काले भने, ‘फार्मेसी संचालकलाई आइतबार औषधी व्यवस्था विभागको कार्यालयमा ल्याएर बयान सुरू गरिएको छ ।’

संचालक यादवले म्याद सकिएको औषधीमा लेबल प्रयोग गरि नयाँ मिति लगाएर औषधी विक्री गर्न राखिएको हुनसक्ने भएकोले त्यही अनुसार विभागले बिस्तृत अनुसन्धान सुरू गरेको हो ।

यता हाम्रो फ्रेन्डसिप फार्मेसीका संचालक विकास मण्डलले म्याद सकिएको औषधी नष्ट गर्न फार्मेसीदेखि भित्र कोठामा राखिएको दाबी गरे । ‘म्याद सकिएको औषधी संकलन गरी नष्ट गर्न कोठामा राखेका थियौं,’ उनले भने, ‘नष्ट गर्न तयारी गरिएको औषधी बरामद भएको हो ।’


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ