२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न

नेपालगन्जमा भारतको प्रतिष्ठित म्याक्स अस्पतालको कार्यशाला सम्पन्न


नेपालगन्ज—भारतको प्रतिष्ठित म्याक्स अस्पतालले नेपालगन्जमा निरन्तर चिकित्सा शिक्षा (सिएमई) सम्बन्धि कार्यशाला गरेको छ । बिहीबार नेपाल मेडिकल एसोसियसनसँगको सहकार्यमा उत्तर प्रदेशको राजधानी लखनउस्थित म्याक्स सुपर स्पेशियािलटी अस्पतालले अत्याधुनिक चिकित्सा प्रविधि र पद्धतिका बारेमा जानकारी दिने उद्धेश्यले कार्यशाला गरेको हो ।

म्याक्सका डाइरेक्टर डा आदित्य के शर्माले आयोजना गरेको कार्यक्रममा झण्डै दुई दर्जन जना विशेषज्ञ चिकित्सकको उपस्थिति थियो । म्याक्स अस्पतालका एभीपी तथा युनिट हेड प्रमित मिश्राले चिकित्सा क्षेत्रमा ज्ञान, नवप्रवर्तन र सहकार्यको महत्त्वका बारेमा बताए ।

नेपाल मेडिकल एसोसिएसन (एनएमए)नेपालगन्ज च्याप्टरका अध्यक्ष डा. विनोदकुमार थापाले निरन्तर चिकित्सा शिक्षाको महत्त्व र बिरामीहरूको हेरचाहमा यसले ल्याउने सुधार सम्बन्धमा जोड दिए। यस्तो सहकार्य पूर्ण ज्ञान आदान—प्रदानले सहभागी डाक्टरहरूको ज्ञानवृद्धिका साथै चिकित्सा अभ्यासको विकासमा पनि सहयोग पुर्‍याउनेमा जोड दिए ।

यसैगरी नेपाल मेडिकल एसोसिएसन (एनएमए)का महासचिव डा. दिनेशकुमार चौधरीले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा भइरहेको परिर्वतनको चर्चा गर्दै यस्तो सहकार्य पूर्ण कार्यक्रमहरूले ज्ञानको खाडललाई कम गर्न र क्षेत्रीय स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्न मद्दत गर्ने बताए ।

म्याक्स सुपर स्पेसियालिटी अस्पताल, लखनऊका बहु—विशेषज्ञताका वरिष्ठ चिकित्सकहरूले आफ्नो अनुभव, ज्ञान र प्रस्तुतिहरू साटासाट गरे । अस्पतालका वरिष्ठ निर्देशक तथा प्रमुख मेडिकल अनकोलोजिस्ट डा. आलोक गुप्ताले क्यान्सर हेरचाहमा भएका पछिल्ला प्रगतिबारे विस्तृत जानकारी दिए भने युरोलोजी, एन्ड्रोलोजी, मिर्गौला प्रत्यारोपण तथा रोबोटिक युरो—अंकोलोजीका निर्देशक डा.आदित्य के. शर्माले रोबोटिक सर्जरीले बिरामीको हेरचाहमा कसरी रूपान्तरणकारी प्रभाव पारिरहेको छ भन्ने कुरा प्रस्तुत गरे।

न्युरो सर्जरीका निर्देशक डा. मनु रस्तोगीले मिनिमली इन्भेसिभ प्रविधिहरूमा आधारित नयाँ प्रविधिहरूबारे चर्चा गर्दै स्पाइन सर्जरीमा आएको नयाँ परिवर्तनबारे प्रकाश पारे ।

कार्यक्रमको समापन गाला डिनरसँग भएको थियो । जहाँ स्वास्थ्य सेवाका विशिष्ट व्यक्तिहरू र सहभागीहरूबीच छलफल र विचारहरू साटासाट भएको थियो । म्याक्स हेल्थकेयर इन्स्टिच्युट लिमिटेड भारतको सबैभन्दा ठूलो स्वास्थ्य सेवा संस्थाहरुमध्ये एक हो। उत्तर भारतमा महत्त्वपूर्ण उपस्थिति रहेको म्याक्स हेल्थकेयरको ४,०००ं शैय्या क्षमता छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ