२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी


नेपालगन्ज-नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबलगायत विभिन्न सेवा र सुविधाको माग गर्दै मेडिकल कलेजको नयाँ व्यवस्थापनलाई ४५ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

मंगलबार कर्मचारी संगठनका केन्द्रीय सभापति तथा वार्ता कमिटी संयोजक रत्ना गिरी नेतृत्वको टोलीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बीएनलाई ज्ञापन पत्र बुझाएकी हुन् ।

कर्मचारीले तलब भत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति, पदोन्नती, स्थायी नियुक्ति, तीन अवकास, उपदान, सामाजिक सुरक्षा कोष, सेयर र कर्मचारी कल्याण कोषलगायतका बिषयमा व्यवस्थापन पक्षको ध्यानकर्षण गराएका छन ।

त्यसैगरी, स्वास्थ्य उपचार, पाँच हाजिरी र विदा सम्बन्धी, अध्ययन एवं तालिम संस्थागत सुधारसग सम्बन्धित विषयमा पनि आफ्ना मागहरु राखेका छन् ।

ज्ञापन पत्र बुझाउनु अघि लर्ड वुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठनका अध्यक्ष रत्ना गिरी, लर्ड वुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघका सभापति यमबहादुर खड्का र नेपाल स्वास्थ्य तथा कर्मचारी युनियनका अध्यक्ष अनिता थापाले पत्रकार सम्मेलन गरी आना मागबारे पत्रकारलाई जानकारी गराएका थिए ।

२०५४ सालमा स्थापना भएको लर्ड वुद्ध एजुकेशनल एकेडेमीले संचालन गर्दै आएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर, नर्सिङ क्याम्पस, मेडिकल कलेजलगायतका प्रतिष्ठानहरूमा एक हजार १२ कर्मचारी कार्यरत छन् ।

मेडिकल कलेजको ५१ प्रतिशत शेयर खुमा अर्याल समूहले खरिद गरेपछि २०८० चैतदेखि नयाँ व्यवस्थापनले मेडिकल कलेज संचालन सुरु गरेको छ । नयाँ व्यवस्थापन आएपछि कर्मचारीहरुमा भय र त्रासको वातावरण सिर्जना गरिएको जनाउँदैं कर्मचारी संघ संगठन र युनियनका पदाधिकारीहरु आपत्ती जनाएका छन् ।

आफ्ना मागहरुका बारेमा नयाँ व्यवस्थापन पक्षसँग वार्ता र संवादका माध्यमबाट सहमतीको प्रयास गर्ने व्यवस्थापन पक्ष सहमत नभए आन्दोलनमा उत्रिनुपर्ने स्थिति उत्पन्न हुने कर्मचारी संघका सभापति यमबहादुर खड्काले बताए ।

श्रम ऐनमा भएका व्यवस्थाअनुसार कर्मचारीहरुलाई सेवासुविधा उपलब्ध हुनुपर्ने माग कर्मचारीहरुको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ