२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबाँकेमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइदैं

बाँकेमा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइदैं


नेपालगन्ज–बाँकेमा आजदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । बाँके जिल्लाका ८ वटा स्थानीय तहमा रहेका २ सय ४० वटा विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरुले कोभिड–१९ विरुद्धको खोप दिइरहेका छन् ।

कोभिड विरुद्धको खोप कार्यक्रमबाट कक्षा ५ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु लाभान्वित भएका छन् । बाँके जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका करिब ६९ हजार ५ सय बालबालिका छन् । ती सबै बालबालिकालाई कोभिड–१९ विरुद्धको मोर्डना खोप दिन सुरु गरिएको हो ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बाँकेका विद्यालयहरु पुस २९ गतेदेखि बन्द छन् । बन्द गरिएका विद्यालयहरुलाई कोभिडको खोप दिनका लागि आज र भोलिका लागि खोलिएको छ । खोप लगाएपछि संक्रमणको जोखिम कम हुने र भौतिक रुपमै पठनपाठन संचालन गर्न सहज हुने छ ।

बाँके जिल्लाका १२ देखि १७ बर्ष उमेर समूहका सबैजनालाई पुग्ने गरी खोप आइसकेकाले सबै बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य स्वास्थ्य रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत नरेश श्रेष्ठले बताए ।

बाँकेमा १८ वर्षभन्दा बढी उमेर समूहका प्रतिशतमा पहिलो डोज ८५ प्रतिशत र दोस्रो डोज खोप ५६ प्रतिशतले लगाइसकेका छन् । संक्रमणको उच्च जोखिममा रहेका करिब ८ हजार जनालाई कोभिड–१९ को बुष्टर डोज पनि दिइएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ