कोभिड-१९ संक्रमणको जोखिम र चाडपर्वका कारण रक्तदान नहुँदा नेपालगन्जमा रगतको अभाव

नेपालगन्ज—बाँकेका अस्पतालहरुमा दैनिक ५० देखि ६० युनिट ( पोका ) रगतको माग छ । तर, पछिल्ला दिनहरुमा कोभिड—१९ संक्रमण र चाडपर्वका कारण रक्तदानका कार्यक्रमहरु रोकिँदा ब्लड बैकमै रगतको अभाव हुन थालेको छ ।
रगतको अभाव भएका कारण ब्लड बैकले मागअनुसार बिरामीलाई रगत उपलब्ध गराउन हम्मे—हम्मे परेको छ ।
ब्लड बैकले रगत आवश्यक पर्ने बिरामीका आफन्तहरुलाई रक्तदाता खोजेर ब्लड बैकमा ल्याउन आग्रह गर्दै आएको छ । स्थानीय बिरामीहरुका आफन्तहरुलाई रक्तदाता खोजेर ल्याउन सहज भएपनि टाढाका बिरामीलाई रक्तदाता खोजेर ल्याउन सहज छैन ।
छिमेकी जिल्लाहरुबाट उपचारका लागि बाँकेका अस्पतालहरुमा आएका बिरामीहरुलाई रगत ब्यवस्थापन गर्न गाह्रो भएपछि ब्लड बैकले रक्तदान गर्दै आएका संघ संस्थाहरुलाई रक्तदान कार्यक्रम गर्न आव्हान गरेको छ ।
शल्यक्रिया गरेर प्रसुती सेवा लिने महिला, विभिन्न दुर्घटनामा परेका घाइते, सिकलसेल एनिमिया, थाल्सेमियाका बिरामी र शल्यक्रिया गरेर उपचार गर्नुपर्ने बिरामीका लागि रगत बढी आवश्यक पर्छ ।
रक्तदानका कार्यक्रमहरु सुरु भएपछि केही सहज भएपनि रक्तदानका कार्यक्रमहरुलाई निरन्तरता दिन ब्लड बैकले आग्रह गरेको छ ।
अस्पताल र ब्लड बैकजस्ता भिडभाड हुने स्थानमा कोभिड संक्रमणको जोखिम धेरै हुन्छ । त्यसैले पछिल्ला दिनहरुमा ब्लड बैकका प्राविधिकहरुले रक्तदाताहरुहरुको अनुरोधमा उनीहरुले भनेकै स्थानमा गएर रगत संकलन गर्दै आएका छन ।
रगतको कमीका कारण बिरामीको उपचार सेवा प्रभावित नहोस् भनेर ब्लड बैकले रक्तदान कार्यक्रमहरु संचालन गर्न आव्हान गरेको ब्लड बैक नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले बताए ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ६ चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित)
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस