आनी छोइङ डोल्मा फाउन्डेसनले दिने स्वास्थ्य सामाग्रीका लागि तिलोत्तमा नगरपालिका छनोट

बुटवल – आनी छोइङ डोल्मा फाउन्डेसन काठमाडौं र प्रारम्भ सामाजिक संस्था ललितपुरले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई छनोट गरेको छ ।
तिलोत्तमा नगरपालिकाले कोभिड-१९ नियन्त्रणका लागि अवलम्बन गरेको रणनीतिले सकारात्मक सन्देश दिएको भन्दै फाउन्डेसन र सामाजिक संस्थाले स्वास्थ्य सामाग्री प्रदान गर्न तिलोत्तमालाई छनोट गरेका हुन् ।
रुपन्देहीको तिलोत्तमाका लागि संस्थाबाट स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने निर्णयमा पुगेको फाउन्डेसनका संस्थापक आनी छोइङ डोल्माले बताइन् । ‘तिलोत्तमा नगरपालिकाले गरेको कार्यलाई हामी नजिकबाट हेरिरहेका थियौ । यहाँ अबलम्बन भएको रणनीति सकारात्मक देखियो,’ डोल्माले भनिन्, ‘त्यसैले स्वास्थय समाग्री बोकेर हामी यहाँ आएका हौँ ।’
फाउन्डेसन र प्रारम्भ सामाजिक संस्थाले एउटा भेन्टिलेट र अक्सिजन कन्सन्ट्रेटर तिलोत्तमामा नगरपालिकालाई प्रदान गरेको छ । स्वास्थ्य उपकरण ग्रहण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले उपलव्ध भएका स्वास्थय सामाग्रीहरुलाई नगरपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा व्यवस्थापन गर्ने बताए ।
उनले उपलब्ध स्वास्थ्य उपकरणले कोभिड-१९ बाट संक्रमित बिरामीहरुलाई थप उपचारमा सघाउ पुग्ने विश्वास लिए । संस्थाहरुबाट प्राप्त स्वास्थय उपकरणलाई अधिकतम बिरामीको हितमा प्रयोगमा ल्याइने नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी बताउँछिन् । ‘हामी उपलब्ध भएका उपकरणहरुको उचित व्यवस्थापन गरेर बिरामीलाई अधिकत्तम लाभ दिने प्रयास गर्नेछौँ,’ उनले भनिन् ।
मानवीय भावनाले सहयोग हुनु र तिलोत्तमा नगरपालिका छनोटमा पर्नु यहाँको कार्यशैलीको मुल्यांकन नै भएको महसुस गरेको नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्रीले बताए । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका प्रोजक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीनाथ तिमल्सेना, प्रारम्भ समाजिक संस्थाका सदस्य सुनैना थापा, समाजसेवी विष्णु भुसाल , तिलोत्तमाको बारेमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीलगायतले बोल्दै नगरपालिकाको प्रयास अनुकरणीय रहेको बताएका थिए ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ?
- ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत
- ७ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
तपाईको प्रतिक्रिया दिनुहोस