रुपन्देहीमा ६४ प्रतिशतले लगाए भेरोसेल खोप

बुटवल-रुपन्देहीमा लक्षित उमेर समूहका ६४ प्रतिशतले कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाएका छन् । रुपन्देहीमा भेरोसेल खोपको मंगलबार पहिलो दिन लक्षित उमेर समूहका ९ हजार जनाले पहिलो डोज लगाएका हुन् । जिल्लामा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
जिल्लाका १६ वटा स्थानीय तहका ६९ खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहमा ९ हजारलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताए । ‘जिल्लाका १६ वटा पालिकामा रहेका ६९ खोप केन्द्रबाट ९ हजार जनालाई पहिलो डोज भेरोसेल दिइएको छ,’ उनले भने ।
हरेकजसो पालिकाहरुमा लक्ष्यभन्दा कम खोप लगाएको तथ्यांकले देखाएको छ । बुटबल उपमहानगरपालिकामा २२ सय ८१ लक्ष्य राखिएकोमा जम्मा २१ सय ३० जनाले खोप लगाएका छन् । त्यस्तै देवदह नगरपालिकामा ८ सय ५६ लक्ष्य रहेकोमा ६ सय ७ जनाले खोप लगाएका छन् ।
तिलोत्तमामा १६ सय १४ लक्ष्य भए पनि १५ सय ५३ जनाले खोप लगाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १४ सय ५४ लक्ष्य भएपनि २ सय ४६ जनाले मात्र खोप लगाएका छन् ।
सैनामैनामा भने लक्ष्यअनुसार नै खोप लगाइएको छ । सैनामैनामा ९ सय १५ जनाले खोप लगाएका छन् । सिद्धार्थ नगरपालिकामा ७ सय ९७, गैडहवामा २ सय २८, कञ्चनमा ३ सय ५९ कोटहीमाई गाउँपालिकामा ६१, मर्चवारी गाउँपालिकामा ८९, मायादेवी गाउँपालिकामा ३ सय १३, ओमसतियामा ४ सय १५, रोहिणीमा ३ सय ८८, सम्मरीमाईमा ८८, सियारी गाउँपालिकामा ३ सय ९०, शुद्धोधनमा ४ सय ११ गरी जम्मा ९ हजार जनाले पहिलो मात्रामा भेरोसेल खोप लगाएका हुन् ।
रुपन्देहीमा १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य थियो । जिल्लाका ९ हजार लक्षित उमेर समूहले मात्रै खोप लगाएका छन् । खोप खेर जाने दर न्यून रहेको प्रमुख गिरीको भनाइ छ ।
धेरै पढिएका
- १ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- २ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
- ७ दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा मृत्यु
तपाईको प्रतिक्रिया दिनुहोस