२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मृतकको संख्या १ सय ९२ पुग्यो

बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु, रुपन्देहीमा मृतकको संख्या १ सय ९२ पुग्यो


बुटवल-लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्पताल धागो कारखाना बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड-१९ को उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना बिरामीको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षीया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही सुद्धोधन ५ का ५५ वर्षीय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जनाकारी दिए ।

उनका अनुसार रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिइन् । सुद्धोधनका पुरुषलाई गत १३ गते कोरोना संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना गरिएको थियो ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९२ पुगेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ