गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण डेंगु संक्रमणबाट बुटवलमा एक जनाको मृत्यु, २६ दिनमा ७२ जनामा संक्रमण हेल्थ आवाज आईतबार, २०७६ भदौ २२ गते, ०८:२४ मा प्रकाशित बुटवल-बुटवलमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँची मरेङ्ग स्थायी घर भई हाल कपिलवस्तुमा बस्दैं आएकी ६१ वर्षीय सावित्रा आचार्यको डेंगु संक्रमणबाट मृत्यु भएको हो । जिल्लामा उनीसँगै डेंगुको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृतक सवित्रा आचार्य नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सचिव रामप्रसाद आचार्यकी आमा हुन् । उनको शनिबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीमा डेंगुबाट संक्रमित हुनेहरुको संख्या भने बढिरहेको छ । २६ दिनको अवधिमा सरकारी तथ्यांकमा आएका मात्रै ७२ जना संक्रमित भै सकेका छन् । रुपन्देहीमा रहेका निजी अस्पतालहरुमा ठूलो संख्यामा डेंगु संक्रमणका बिरामी रहेका छन् । कतिपय बिरामीहरु अझै पनि अस्पतालको पहुँचमा आउन नसकेको बताइन्छ । डेंगु संक्रमण तीव्र देखिएपनि ठिक भएर घर फर्कनेको संख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी बताउँछन् । यस बर्ष जिल्लामा पहिलो पटक गत साउन २८ गते डेंगु संक्रमणका बिरामी देखिएका थिए । त्यसयता निरन्तर डेंगु संक्रमणका बिरामीहरु बढ्दैं गएका छन् । भारतीय सीमा क्षेत्रसमेत पर्ने हुनाले पनि जिल्लाको दक्षिणी क्षेत्रमा बढी संक्रमितहरु देखिने गरेका छन् । ‘डेंगु महामारी कै रुपमा देखा पर्न लागेको छ । त्यसबाट बच्चनका लागि सबै सचेत हुनु आवश्यक छ,’ डा. गिरीले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार… छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै