२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोभिड-१९ का कारण बुटवलमा थप २ जनाको मृत्यु

कोभिड-१९ का कारण बुटवलमा थप २ जनाको मृत्यु


बुटवल – कोभिड १९ का कारण बुटवलमा थप २ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमणबाट पिडित दुइ जनाको बुधवार बिहान लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा बुटवलमा मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका–११ का ४७ वर्षीय पुरुष र बुटवल १७ मोतिपुरका ८१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

अस्पतालका अनुसार मृतकमा उच्च रक्तचापको समस्या थियो । दुवै बिरामी भेन्टिलेटरमा उपचाररत थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ