गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठायो कोरोना भाइरसबाट मृत्यु भएका तेस्रो व्यक्तिको शव हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ९ गते, १६:०५ मा प्रकाशित बुटवल – तिलोत्तमा–५, मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका तेस्रो व्यक्तिको शव नेपाली सेनाको टोलीले उठाएको छ । गुल्मी मदानेका कोरोना संक्रमितको शव झण्डै ३१ घण्टापछि नेपाली सेनाको टोलीले उठाएको हो । गएको बिहीबार बिहान निधन भएका ४१ वर्षीय संक्रमितको दोस्रो दिनसम्म पनि शव सरकारले व्यवस्थापन नगरेको भन्दै आलोचना भएको थियो । उक्त शव ३१ घण्टापछि सेनाले कार्यविधिअनुसार काम गरेको हो । उनको निधन लगत्तै शवको व्यवस्थापन नभएपछि मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै छानबिन हुनुपर्ने माग गरेका थिए । तर सेनाको टोली आएर शव व्यवस्थापनका लागि तयार कागजमा हस्ताक्षर गर्न भनेपछि उनीहरुले हस्ताक्षर गरेको बताइएको छ । संघीय सरकारले बनाएको कोभिड–१९ शव व्यवस्थापन कार्य्विधिमा संक्रमित मृतकलाई विद्युतीय शव दाह गृहमा जलाउनुपर्ने उल्लेख भए पनि रुपन्देहीमा छैन । शवलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने बताइए पनि त्यसको बारेमा जानकारी स्थानीय प्रशासनले दिएको छैन । जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना पाजेटिभ पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका ४१ वर्षका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्म परेपछि उनको दोस्रो पटक पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नेपालगन्ज मेडिकल कलेजका ओपीडी र शैक्षिक कार्यक्रमहरू सुचारु, हटाइयो सन्जीवनी… अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी म, मेरो देश अनि आला