२०८१ चैत्र १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशगोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन

गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन


काठमाडौं-विपद्मा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितता गर्दै कैलालीको गोदावरी नगरपालिकाले ऐन बनाएको छ । नगरले सुरक्षित मातृत्व तथा स्थानीय प्रजनन् स्वास्थ्य अधिकार ऐन बनाएको हो ।

ऐन पारित भइसकेको छ भने सम्बन्धित अन्य ऐन निर्माणको प्रक्रियामा रहेको उपमेयर शारदा देवी रोकायाले जानकारी दिइन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले विपद्मा यौन तथा प्रजनन् स्वास्थ्यको हक सुनिश्चित गर्नेगरी उक्त ऐन ल्याइएको उनको भनाइ छ ।

‘अहिले पनि महिलाहरु यस विषयमा खुलेर बोल्न सक्दैनन् । यस ऐनले महिला स्वास्थ्यलाई प्रवद्र्धन गरेको छ,’ उपमेयर रोकायाले भनिन् ।

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले ऐन र नगरपालिकाको प्रयासबारे बोल्दै भने, ‘ऐन बनाउने क्रममा अध्ययन गर्दा हामीले के थाहा पायौँ भने हामीले दिने सेवाबारे धेरै जना अनविज्ञ हुनुहुँदो रहेछ । अझ विशेषगरी पिछडिएका समुदायकालाई समेट्न सकेका रहेनछौँ ।’

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति तथा दैलेखका सांसद अम्मरबहादुर थापाले सरकारले स्वास्थ्यलगायतका क्षेत्रमा कार्यक्रम घोषणा गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति रहेको बताए ।

साथै किशोरी तथा महिलाहरु अझै पनि लज्जाका कारण यौन स्वास्थ्यका विषयमा खुल्न नसकेको उनको भनाइ थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ