गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप जीवन लामा शुक्रबार, २०८१ माघ २५ गते, १६:१५ मा प्रकाशित चरिकोट—गुम्बामा अध्ययनरत आनी (विद्यार्थी) हरुलाई त्यही पुगेर एचपीभी खोप लगाइएको छ । दोलखाको विगु गाउँपालिका–७ विगुमा अध्ययनरत २३ जना आनी (विद्यार्थी) हरुलाई गुम्बामै पुगेर खोप लगाइएको हो । कक्षा ६ देखि १० सम्म अध्ययनरत आनी (विद्यार्थी)हरुलाई खोप लगाइएका छन् । यही २२ माघदेखि सञ्चालन भइरहेको एचपीभी खोप लगाउने अभियानअन्तर्गत यस टासी छिमे गाछल गु्म्वा आधारभूत विद्यालयमा अध्ययनरत २३ जनालाई अहेब अजय ठाकुर र जीत कुमारी राणा मगरले खोप लगाएको विगु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीले बताए । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरु र विद्यालय नजाने वा विद्यालयभन्दा बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप अभियानअन्तर्गत यस विद्यालयका (विद्यार्थी) आनीहरुलाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । यस गाउँपालिकामा रहेका ८ वटा वडाहरुमा २२ माघदेखिनै नियमित रुपमा खोप अभियान सञ्चालन भइरहेको छ । उनकाअनुसार यस गाउँपालिकामा कक्षा ६ देखि १० सम्मका सात सय ३३ जना छात्राहरु र विद्यालय बाहिरका १९ जना किशोरीहरु रहेको अनुमान गरिएको छ । हालसम्म ६९७ जनालाई खोप लगाइसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ५ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ७ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम Kalpana Craft ट्रेण्डिङ नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने स्वास्थ्य मन्त्रालयमा डा. शेरबहादुर पुनले के भने ? (भिडियोसहित) स्वास्थ्यमन्त्री पौडेल ९ महिनामा ७ वटा विदेश भ्रमणमा नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी फर्मा केमको वार्षिक कारोबार ४ अर्ब नाघ्यो भक्तपुरमा धेरैको मुखमा मास्क, केहीको मुखमा मास्क नै छैन [फोटो फिचर] यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम