२०८१ पुस १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशवडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान

वडाअन्तर्गतका विद्यार्थीको रक्त समूह पहिचान


दोलखा—वडा कार्यालयले वडाअन्तर्गतका सबै विद्यार्थीहको रक्त समूह पहिचान गरेको छ । दोलखाको भीमेश्वर दोलखाको भीमेश्वर नगरपालिका–७ ले विद्यालय उमेरका बालबालिकाको रक्त समूह पहिचान र स्वास्थ्य जाँच गरेको हो ।

विद्यार्थीको रक्त समूह पहिचान विद्यालयमै एक दिने शिविर आयोजना गरेर पहिचान गरिएको भीमेश्वर नगरपालिका–७ का वडाध्यक्ष विनोद तामाङले बताए । भीमेश्वर–७ का ६ विद्यालयका ६ सय ६७ जना विद्यार्थीको रक्त समूह पहिचानसहित स्वास्थ्य परीक्षण गरिएको वडाअध्यक्ष तामाङले जानकारी दिए ।

रक्त समूह पहिचान गरिएको विद्यार्थीको परिचयपत्र दिएको तामाङले बताए । बालबालिका दुर्घटना हुँदा रक्त आवश्यक परेको खण्डमा सहज तरिकाले उपलब्ध गर्न सजिलोको लागि रक्त समूह पहिचान गरिएको हो । ‘बालबालिकाको स्वास्थ्यमा हुने जोखिम कम गर्न स्वास्थ्य परीक्षण र रक्त समूह पहिचान गरेका हौं,’ उनले भने, ‘पहिचान भएकाहरूको विद्यालय परिचयपत्रमा उक्त रक्त समूह राख्ने छौं । अर्को वर्षबाट डिजिटल क्यूआर कोडसमेतको परिचयपत्र व्यवस्था गर्ने तयारी थालेका छौं ।’

यस वडा कार्यालयको पहलमा यस वडाभित्रका सबै विद्यार्थी, शिक्षकहरुको रक्त समूह पहिचान गरिएको छ । समयमै विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा दीर्घकालिन रोगबाट जोगिन र सचेत हुन सजिलो हुने भएकाले आर्थिक वर्ष ०८१/८२ को बजेटबाट कार्यक्रम आयोजना गरिएको वडाअध्यक्ष तामाले जानकारी दिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ