२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेश‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुलाई 

‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजुलाई 


धुलिखेल—‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन् । रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्रा.डा. कोजू सम्मानित गरेको हो ।

काठमाडौं विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन डा. कोज धुलिखेल अस्पतालमा कार्यरत छन् ।

रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रा.डा. सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरेका हुन् ।

पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. कोजुलाई सो सम्मान प्रदान गरिएको हो । पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित भव्य समारोहमा प्रमुख अतिथी रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल—भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरेका हुन् ।

यसैगरी प्रा.डा. ताम्राकारले पिताको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाइम्सलाई साप्ताहिकलाई प्रदान गरिएको छ । साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथी राजभण्डारीले नै नगदसहित सम्मान प्रदान गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ