२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशअधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका

अधिकांश स्वास्थ्य संस्थामा महिला प्रमुख भएको नगरपालिका


चरिकोट—दोलखा भीमेश्वर नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थाहरुमा महिलाले नेतृत्व गरेका छन् । भीमेश्वर नगरपालिकामा रहेको ७ वटा सहरी स्वास्थ्य केन्द्रमा सबै महिला स्वास्थ्यकर्मी नै प्रमुख रहेर नेतृत्व गरेका छन् ।

नगरपालिकामा रहेको एउटा आधारभूत स्वास्थ्य केन्द्रमा पनि महिला स्वास्थ्यकर्मी नै प्रमुख छन् । ६ वटा स्वास्थ्य चौकीमध्ये ५ वटामा महिला स्वास्थ्य प्रमुख रहेका छन् । अहिलेसम्म भीमेश्वर नगरपालिका–२ को स्वास्थ्य चौकीमा मात्र एक जना पुरुष स्वास्थ्यकर्मी प्रमुख रहेका छन् ।

भीमेश्वर नगरपालिकाभित्र ९ वटा वडामा, ६ वटा स्वास्थ्य चौकी, १ सहरी स्वास्थ्य केन्द्र र ७ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् । अधिकांश स्वास्थ्य संस्थाहरुमा विगतदेखि नै महिला स्वास्थ्यकर्मीहरुले नेतृत्व पाएको भीमेश्वर नगरपालिका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिए ।

भीमेश्वर नगरपालिका सदरमुकामको नगरपालिका र छोराछोरी पढाउनको लागि सदरमुकाम सरुवा हुन थालेकाले महिला स्वास्थ्यकर्मीको संख्यामा वृद्धि हुन सक्ने प्रमुख खड्काले बताए । भीमेश्वर नगरपालिकाभित्र एउटा प्रादेशिक अस्पताल र ३ वटा निजी अस्पताल छन् ।

प्रदेश र संघको कर्मचारी समायोजन र लोकसेवामा महिलाहरुले अवसर पाएपछि महिला स्वास्थ्यकर्मीले नेतृत्व गर्ने अवसर पाएको हो । साथै, स्वास्थ्य संस्थामा महिला स्वास्थ्यकर्मी देखेपछि महिलाहरु ढुक्कले उपचार गर्न आउने गरेको सुष्षाक्षमावती स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट पवित्र बाँस्तोलाले बताए ।

बाँस्तोला यस स्वास्थ्य चौकीमा २०७७ सालदेखि कार्यरत छन् । अहिले यस स्वास्थ्य चौकीमा वार्षिक ७० प्रतिशतभन्दा बढी महिलाहरु स्वास्थ्य उपचारको लागि आउने गरेका छन् । महिलाहरुको पाठेघर खस्ने, युटीआई र पीआईडीलगायतका रोगहरु लिएर आउने गरेको बाँस्तोलाले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ