२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशतामाकोशी गाउँपालिकामा १० जना स्वास्थ्यकर्मी माग

तामाकोशी गाउँपालिकामा १० जना स्वास्थ्यकर्मी माग


चरिकोट—दोलखाको तामाकोशी गाउँपालिकाले करारमा विभिन्न पदका लागि स्वास्थ्यकर्मीको माग गरेको छ । सोमबार गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै १० जना स्वास्थ्यकर्मी माग गरेको हो ।

आर्थिक वर्ष ०८०/८१ का लागि गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी राख्ने गरी १५ दिने सूचना प्रकाशन गरेको ।

विज्ञापनमार्फत आव्हान गरिएको आवश्यक स्वास्थ्यकर्मीहरुमा मेडिकल अफिसर १ जना, स्टाफ नर्स २ जना, ल्याब टेक्निसियन १ जना, हेल्थ असिष्टेन्ट १ जना, फार्मेसी असिष्टेन्ट १ जना, अनमी २ जना र ल्याब असिष्टेन्ट १ जना गरी १० जना कर्मचारी माग गरिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद शर्मा वाग्लेले बताए ।

गाउँपालिकाको नियमअनुसार पारिश्रमिक दिने गरी कर्मचारीको व्यवस्था गरिनेछ । योग्यता पुगेका इच्छुक व्यक्तिले ८ माघसम्म कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रमुख प्रशासकीय अधिकृत वाग्लेले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ