पत्ता लगाउन नसकेका कारण बढ्दैंछन् क्षयरोगका बिरामी

चरिकोट—क्षयरोगका बिरामी पत्ता लगाउनै गाह्र्रो हुने गरेको छ । दोलखामा ५० प्रतिशत क्षयरोगका बिरामी पत्ता लगाउन नसकेकै कारण दिनानुदिन बढ्दैं गएको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक प्रतिवेदन अनुसार क्षयरोगका ४८ जना नयाँ बिरामी फेला परेका छन् । क्षयरोगकै कारण हालसम्म मृत्यु नभएतापनि यस रोगका बिरामी भने बढ्दो अवस्थामा रहेको छ । अर्ध वार्षिक प्रतिवेदनअनुसार ५६ प्रतिशत (२३ जना) पीबीसी, ११ प्रतिशत (५ जना) पीसीडी र बाँकी ३३ प्रतिशत (२० जना) इपी बिरामीहरु रहेका जनस्वास्थ्य अधिकृत दिपिका बुढाथोकीले जानकारी दिइन् ।
दोलखाका स्थानीय तहहरुमध्ये सबैभन्दा बढी क्षयरोगका बिरामी भीमेश्वर नगरपालिका र जिरी नगरपालिकामा देखिएको छ । आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुनसम्म भीमेश्वर नगरपालिकामा १७ जना, जिरी नगरपालिकामा १२ जना, शैलुङ गाउँपालिकामा ८ जना, मेलुङ गाउँपालिकामा ७ जना, तामाकोशी गाउँपालिकामा ६ जना, कालिञ्चोक गाउँपालिकामा ५ जना, विगु गाउँपालिकामा ३ जना, वैतेश्वर गाउँपालिकामा २ जना र गौरीशंकर गाउँपालिकामा १ जना रहेका क्षयरोगका बिरामी सम्पर्कमा आएको स्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख उत्तमराज खनालले बताए ।
यसरी क्षयरोगका बिरामी बढ्नुमा सम्पर्कमा आएका बिरामीहरुलाई कार्यक्रमको दायरामा ल्याउन नसक्नुमा पनि एक कारण रहेको छ । त्यस्तै, स्पुटम माईक्रोसकोपीक सेन्टरहरु कार्यान्वयनमा ल्याउन नसक्नु र जनचेतना फैलाउन नसक्नु प्रमुख कारण रहेको कार्यालय प्रमुख खनालले जानकारी दिए ।
एनटीसिसीको प्रतिवेदन २०७८/७९ को अनुसार नेपालमा हाल ३७ हजार ८६१ जना बिरामीहरु दर्ता भएका छन् । जसमध्ये ५८ प्रतिशत पीबीसी, १३ प्रतिशत पीसीडी र २९ प्रतिशत इपी बिरामीहरु रहेका छन् । नेपालमा यस रोगबाट मृत्यु हुने दर वर्षेनी ३ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ग्लोवल टिवि प्रतिवेदन २०२२ अनुसार विश्वमा करिब १०.६ मिलियन मानिसहरुमा क्षयरोग भएको अनुमान गरिएको छ । त्यसमध्ये ६.४ मिलियनको मात्र रोग निदान भई उपचारमा आएको छ । क्षयरोगकै कारण विश्वमा १.६ मिलियन बिरामीहरुको मृत्यु भएको थियो ।
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया
- ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न
- ६ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस