चरिकोट अस्पताल व्यस्थापन समितिमा श्रेष्ठ

दोलखा—चरिकोट अस्पतालको अस्पताल व्यवस्थापन समिति अध्यक्षका रुपमा नेतृत्वले कार्यभार सम्हालेका छन् । बुधबार भीमेश्वर नरपालिका–३ निवासी जयराम श्रेष्ठले पदवहालीसहित कार्यभार सम्हालेका हुन् ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले श्रेष्ठलाई व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो । कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले अस्पताललाई चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको उत्साहपूर्ण मेहनत, समुदायको लगनशीलता, प्रदेश सरकारको सहयोग र आम सेवाग्राहीको सुझावबाटै अस्पताललाई सबैको पहुँच पुग्ने र अब्बल सेवासहितको अस्पताल बनाउन लक्ष्य रहेको बताए ।
अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले छाडेपछि भीमेश्वर नगरपालिकाको पहलमा सञ्चालन हुँदै आएको छ । आर्थिक संकट झेल्दै नगरपालिकाले दोलखावासीलाई सेवा प्रवाह गर्दै आएको छ । न्याय हेल्थ नेपालको छाडेपछि केही महिना अलपत्र अवस्थामा पुगेको थियो ।
यसअघि भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसीलाई प्रदेश सरकारले सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेका थिए । प्रदेश सरकारमा सत्ता परिवर्तनको साथै पहिलाका सरकारले गरेका सबै नियुक्तीहरु खारेज गर्नुको साथै चरिकोट अस्पतालमा पनि परिवर्तन गरेका हुन् ।
नयाँ नेतृत्वले अस्पतालमा भएका कमी—कमजोरीलाई सुधार्दै लैजाने र अस्पतालको सेवामा गुणस्तर बढाउन प्रदेश र केन्द्र सरकारसँग निरन्तर आवश्यक पहल गरिरहने गर्ने आजको पहिलो बैठकको निर्णय रहेको छ ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ५ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म
तपाईको प्रतिक्रिया दिनुहोस