गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर पर्यटकलाई लक्षित गरी कालिञ्चोकमा स्वास्थ्य शिविर जीवन लामा सोमबार, २०७७ माघ २६ गते, १२:३५ मा प्रकाशित दोलखा – तारादल गण दोलखाले पर्यटकीय तथा धार्मिकस्थल कालिञ्चोक भगवती मन्दिर दर्शनको लागि आएका भक्तजन तथा पर्यटकहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उच्चभूभागमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि दोलखाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कालिञ्चोक क्षेत्रमा शुक्रबारदेखि व्यापक हिमपात भैरहेको छ । हिमपात भएसँगै काठमाडौँ तथा तराईका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरु हिउँ खेल्न कालिञ्चोक पुग्ने गर्दछन् । ३७४२ मिटरको उच्च ठाउँमा पुग्दा लेक लाग्ने र पर्यटकहरुलाई समस्या हुने भएको हुँदा सहज गराउने उद्देश्यले स्वास्थ्य शिविर राखिएको क्याप्टेन रोशन बस्नेतले जानकारी दिए। तारादल गण दोलखा र चरिकोट अस्पतालसँगको सहकार्यमा पर्यटकहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन भएको थियो । कालिञ्चोक भगवती मन्दिर नजिक रहेको कुरी बजारमा तारादल गणबाट अधिकृतको कमाण्डमा उक्त स्वास्थ्य शिविरबाट हाई अल्टिच्यूट एक्वाईट माउण्टेन सिकनेस लागेका ६० जना बिरामीहरुलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको हो । दोलखाको उच्च क्षेत्रमा केहीदिन देखिको मौसम परिवर्तनसँगै परेको हिमपात र पर्यटकीय क्षेत्रमा पर्यटकहरुको चापलाई मध्येनजर राखि स्वास्थ्य शिविर सञ्चालन गरिएको तारादल गणले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई अस्पताल चौथो वर्षमा आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत चरिकोटमा ४० जना बन्दीले गरे रक्तदान विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप दोलखामा ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो ६ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त