२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशआपत्तिजनक भिडियो सार्वजनिक गर्ने डाक्टरलाई प्रहरीले सोधपुछपछि छाड्यो

आपत्तिजनक भिडियो सार्वजनिक गर्ने डाक्टरलाई प्रहरीले सोधपुछपछि छाड्यो


चितवन-सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्तिजनक भिडियो रेकर्ड गरेर सार्वजनिक गर्ने चितवनका एक चिकित्सकलाई प्रहरीले सोधपुछपछि छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सुर्यबहादुर थापाकाअनुसार आपत्तिजनक भिडियो रेकर्डिङ गर्ने डा. ऋतुराज तिवारीलाई सोधपुछपछि प्रहरीले छाडेको बताए ।

‘भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि हामीले उहाँलाई शनिबार जिल्ला प्रहरी कार्यालयमा बोलाएका थियौं,’ डिएसपी थापाले भने,  ‘अनुसन्धानपछि हामीले भरतपुर अस्पतालमा कार्यरत एक जना कर्मचारीको रोहवरमा उहाँलाई छाडेका छौं । अस्पतालका  कर्मचारी रहेकोले अन्य कार्वाही अस्पतालले नै गर्छ होला।’

डा. तिवारी अस्पताल विकास समितिमार्फत गएको असार १ गते देखि दैनिक ज्यालादारीमा काम गर्न भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।

भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. भोजराज अधिकारीले डा. तिवारी दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले हटाउन सकिने बताए । ‘कोभिडको उपचारको लागि सहज होस् भनेर हामीले उहाँलाई ल्याएका थियौं, तर उहाँको सार्वजनिक भिडियो हेर्दा र सुन्दा खेदजनक छ,’ अध्यक्ष डा. अधिकारीले भने ।

हाल भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. तिवारीले नेपालमा भारतीय न्यूज च्यानल प्रसारणमा सरकारले रोक लगाइदिएपछि हिन्दी भाषामा अश्लील शब्द बोलेका थिए । उनले भिडियोमार्फत ‘भारतले सीमा बन्द गरिदिए… खान्छौं नेपाली ? तिमीहरुलाई चीनले  दिन्छ कि जापानले दिन्छ ?’ भनेका छन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ