२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनका १२ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका १२ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि


-प्रनिश थापा

चितवन – चितवनका १२ सहित ३४ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १२ सहित ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार कोरोना संक्रमित हुनेहरुमा चितवनको माडीका ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय गरि ९ जना पुरुष रहेका छन् भने, भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय १ पुरूष, भरतपुर महानगरपालिका-१५ की ३७ वर्षीया १ महिला, रत्ननगर नगरपालिका की २७ वर्षीया १ महिला गरी १२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएका छन् ।

उनका अनुसार अन्य संक्रमित हुनेहरूमा नवलपुरको गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय गरी ७ जना पुरुष, कावासोती नगरपालिकाका २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ जना पुरुष र ३७, २५ वर्षीया २ महिला अनि चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी ०७ का ५० वर्षीय १ जना पुरूष समेत रहेका छन् ।

सूचना अधिकारी पौडेलका अनुसार बिहिबार प्रयोगशालामा २ सय १४ वटा नमूना परीक्षण गरिएकोमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको र बाँकी अन्य १ सय ८० वटा रिपोर्टमा कोराना नभएको पुष्टि भएको हो । संक्रमितहरुमध्ये एक जना चितवन मेडिकल कलेजमा उपचाररत बिरामी छन् भने अन्य क्वारेन्टाइनमै रहेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ