गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन राप्ती नगरपालिकामा महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइन हेल्थ आवाज मंगलबार, २०७७ असार ९ गते, १६:०० मा प्रकाशित -प्रनिस थापा चितवन – चितवनको राप्ती नगरपालिकाले जिल्लामा नै पहिलोपटक महिला र बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाले राप्ती ६ मा रहेको भण्डारा माध्यमिक बिद्यालयमा महिला तथा बालबालिकाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको हो । महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहदा नगरपालिकाले भने भण्डारा माध्यमिक बिद्यालयमा ५० शैय्याको महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरपालिकाका अनुसार क्वारेन्टाइन तत्कालका लागि ३० शैय्याको भए पनि ५० शैय्यामा पुर्याउने आफूहरुको लक्ष्य रहेको नगरपालिकाकी प्रमुख मेयर प्रभा बरालले बताइन् । मेयर बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टिन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ । तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरुको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ । यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये १० महिला छन् । उनीहरु अहिले बसिरहेको ठाउँमा बस्ने छन् भने अब आउने महिलााई सो क्वारेन्टाइनमा राखिने उनले बताए । राप्ती नगरपालिकामा तीन स्थानमा रहेको क्वारेन्टाइनमा मानिस बसिरहेका छन् भने १३ स्थानमा तयारी गरिएको छ । यस नगरपालिकामा जिल्लामा पहिलो पटक विदेशबाट आएका दुई जनामा कोरोना सङ्क्रमण देखिएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई अस्पताल चौथो वर्षमा आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत चरिकोटमा ४० जना बन्दीले गरे रक्तदान विगु गुम्बामै पुगेर लगाइयो एचपीभी खोप दोलखामा ६ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ३ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ४ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ५ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु ६ योग के हो ? यसका प्रकार र फाइदा ७ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त पशुपति चौलागाई अस्पताल चौथो वर्षमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको नाम सिफारिस मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त पशुपति चौलागाई अस्पताल चौथो वर्षमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरद्वारा १६ जना स्वास्थ्यकर्मी माग आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया