२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स

कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स


विराटनगर—पहुँच र पावरका आधारमा खुला प्रतिस्पर्धा बिनै सुटुक्क चिकित्सक र स्वास्थ्यकर्मी भर्ति गरिदैं आइएको विराटनगरस्थित कोशी अस्पतालले अहिले लोकसेवा आयोगले निर्धारण गरेको ढाँचाअनुसार ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । मंगलबार अस्पतालले चिकित्सक, बायोमेडिकल इन्जिनियर र नर्ससहित विभिन्न पदमा दरखास्त आवहान गरेको हो ।

अस्पताल विकास समितिको रिक्त दरबन्दीको पदपूर्तिका लागि १५ जना मेडिकल अधिकृत, ३१ जना नर्स, तीन जना फार्मेसी अधिकृत र दुई जना बायोमेडिकल इन्जिनियरको लागि दरखास्त मागेको हो । १५ जना मेडिकल अधिकृत दरखास्त आव्हान गरेकोमा ८ जना विभिन्न विभागको लागि माग गरेको छ भने ७ जनाको हकमा आईसीयु र आकस्मिक कक्षका लागि दरखास्त आवहान गरेको छ ।

मेडिकल अधिकृतका लागि मान्यता प्राप्त संस्थाबाट एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरी नेपाल मेडिकल काउन्सिलमा अद्यावधिक भएको हुनुपर्ने छ ।

यसअघि कोशी अस्पतालमा खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफू खुसी ९ जना चिकित्सक नियुक्त गरेको थियो । २ भदौंमा अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ र तीन जना मेडिकल अधिकृत विना प्रतिस्पर्धा नियुक्त गरेको थियो ।

कोशी अस्पतालको मेसुको जिम्मेवारी लिएर डा. रुना झा आएपछि पहिलो पटक खुला प्रतिस्पर्धाबाट चिकित्सक, नर्स, फार्मेसी अधिकृत र बायोमेडिकल इन्जिनियर नियुक्ति गर्ने तयारी गरेको हो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ