२०८१ पुस १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर


जनकपुरधाम—त्रेता युगमा मिथिला नरेश राजा जनककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती जनकपुरधाम आउने परम्परा रहेको छ ।

यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था, र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोस्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिए ।

शिविर बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्रामस्थलमा परिवर्तन गरिदैं आइएको छ । शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिअहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादवलगायतका स्वास्थ्यकर्मीहरूले निःशुल्क सेवा प्रदान गरिरहेका छन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ