२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं

बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं

सर्वोच्चको आदेश र मन्त्रिपरिषद्को निर्णय कार्यन्वयन गर्न कलेज एरियामा २० हजार रुख रोपियो


जनकपुर—राष्ट्रिय गौरवको आयोजना बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिएसँगै कलेज एरियामा २० हजार रुख वृक्षारोपण गरेको छ । बर्दिवास–५ टुटेश्वरधाम नजिकै मरहा नदीउकास जग्गाको १२.२ हेक्टर जग्गामा विभिन्न प्रजातिका विरुवा रोपण रोपेको छ ।

कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिवास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सी खोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका एक हजार ९६७ रुख कटान गर्नपूर्व सो संख्याको १० गुणा बढी रुख रोप्नुपर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार वृक्षारोपण थालिएको हो ।

‘सर्वोच्च अदालत र मन्त्रिपरिषदको निर्णय बमोजिम काम अघि बढाउन वृक्षारोपण थालेका छौं’ बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय बर्दिवासका प्रमुख देवीप्रसाद सुवेदीले भने । वृक्षारोपणमा कार्यमा सम्बद्ध क्षेत्रका प्रतिनिधिसभाका सदस्य लक्ष्मी महतो कोइरी, प्रदेशसभाका सदस्यहरु, बर्दिवास नगरपालिकाका सबै जनप्रतिनिधि, स्थानीय राजनीतिक दलहरु, सामाजिक संघसंस्था र बर्दिवासका आम नागरिक समाजको सक्रिय सहभागिता रहेका थियो ।

कलेज निर्माणका लागि जेजति सर्त छन् तिनलाई सम्बोधन गर्दै काम अघि बढाउन अठोटका साथ लागिएको बर्दिवास नगरप्रमुख प्रहलाद कुमार क्षेत्रीले बताए । ‘अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन खासै अड्चन छैनन्, एकपछि अर्को काम गर्दै हामी अघि बढेका छौं,’ नगरप्रमुख क्षत्रीले भने, ‘मेडिकल कलेज निर्माणको कुरामा सबै राजनीतिक दलबीच सम्पूर्ण एकता छ । अब कलेजका पूर्वाधार निर्माणका कामले गति लिनेछन् ।’

कलेजले ६ सय शैैय्याको आधुनिक प्रविधिको सुविधायुक्त अस्पताल सहितको कलेजको पूर्वाधार निर्माणमा ३० अर्ब लागत लाग्ने विस्तृत परियोजना प्रतिवेदनको हालसम्मको अध्ययनले देखाएको छ । हालसम्म यस आयोजनामा सात करोडभन्दा बढी खर्च भइसकेको आयोजना कार्यालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ