गोलबजारमा २५ बेडको कोभिड अस्पताल

धनुषा–सिरहाको गोलबजार नगरपालिकाले जिल्लामा पहिलो पटक आफ्नै लगानीमा २५ बेडको अस्थायी कोभिड–१९ अस्पताल संचालन गरेको छ । नगरपालिकाले एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थायी कोभिड’ अस्तालको रुपमा सञ्चालनमा ल्याएको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले बताए ।
गोलबजारनगर प्रमुख देवनाथ साहले उदघाटन गर्दै कर्मचारी र जनप्रतिनिधि सहकर्मीहरुको सहयोग अस्पताल सञ्चालन सम्भव भएको बताए । उनले अस्पताललाई आवश्यकताअनुसार सुविधासम्पन्न बनाउँदै जाने प्रतिवद्धता जनाए ।
सोही क्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दान गर्ने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिब ४ करोड मूल्य बरावरको एक बिगाहा जग्गा निःशुल्क दान गरेका थिए ।
जिल्लामा पछिल्लो पटक कोभिड–१९ संक्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताए । जिल्लामा संक्रमणदर घटेको हो कि परीक्षण हुन नसकेको हो भन्ने अझै एकीन हुन नसकेको बताए । उनले भने, ‘पछिल्ला दिनहरुमा कोभिड १९ संक्रमण दर कम देखिएको छ ।’
कँडेलले नगरपालिकालाई प्रत्येक वडामा रहेका स्वास्थ्यसंस्थामार्फत संक्रमणका लक्षण देखिएकाहरुको पहिचान गरी उनीहरुलाई परीक्षणको दायरामा ल्याउन पनि सुझाएका थिए ।
धेरै पढिएका
- १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता
- २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ५ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली
- ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग
तपाईको प्रतिक्रिया दिनुहोस