घरमै बसेर रामनवमी मनाउन मुख्यमन्त्री राउतको आग्रह

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मातासँग कोरोना महामारीको अन्त्यको कामना गर्न आह्वान गरेका छन् । जानकी नवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले यस्तो आह्वान गरेका हुन् ।
उनले जानकी नवमीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुस्वास्थ्य, दिघायू एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन् । उनले कोरोनाले विश्वमा नै त्राहिमाम मचाएकोले घरमै माता जानकीको पूजापाठ गर्न अपिल पनि गरेका छन् ।
जनकपुरस्थित जानकी मन्दिरले हरेक वर्ष भव्यताका साथ जानकी नवमी मनाउदै आएको थियो । तर कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएकाले कार्यक्रम प्रभावित बनेको छ । गत वर्ष पनि जानकी नवमी प्रभावित भएको थियो ।
धेरै पढिएका
- १ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- २ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं
- ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै
- ६ के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ?
- ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
तपाईको प्रतिक्रिया दिनुहोस