क्षिरेश्वरनाथ नगरपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल उद्घाटन

धनुषा – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा पाँच वेड क्षमताको कोभिड–१९ अस्थायी अस्पतालको उद्घाटन गरिएको छ । महेन्द्रनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले अस्पतालको उद्घाटन गर्दै सबैमा सहयोग गर्न आग्रह गरेका छन् ।
उनका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिका सबै स्थानीय तहलाई कोभिड-१९ कोरोना भाइरस न्यूनीकरणको लागि तत्काल ५ शैय्याको अस्पताल तयारी अवस्थामा राख्न दिएको निर्देशन बमोजिम अस्पतालको स्थापना गरिएको हो ।
मन्त्रालयले प्रत्येक अस्पताल व्यवस्थापन र तीन महिनाको लागि करारमा प्राविधिक कर्मचारी भर्ना गर्न १० लाख रकम पनि उपलब्ध गराएको छ । जसमा एउटा मेडिकल अधिकृत (एमबीबीएस), दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी रहेकोे छ ।
नगरपालिकाको स्वास्थ्य शाखा सह-संयोजक प्रदिप यादवका अनुसार नगरपालिकामा रहेको सबै जनसंख्यालाई लक्षित गरी यो अस्पताल संचालन रहेको छ ।
‘सकेसम्म हाम्रो चाहना छ यो अस्पतालमा कुनै पनि कोभिड पोजेटिभ बिरामी परेर आउन नपरोस । यदि आइहालेमा बिरामीको खानपिनको सम्पूर्ण खर्च अस्पतालले बेहोर्ने छ ।,’सह-संयोजक प्रदिप यादवले भने, ‘पोजेटिभ बिरामीहरुलाई उपचार गरेर मात्र सम्भव हुँदैन । उनीहरुलाई मनोवैज्ञानिक परामर्शको पनि खाँचो रहेको छ ।’
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक
तपाईको प्रतिक्रिया दिनुहोस