२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा थप ९५ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ९५ जनामा कोरोना पुष्टि


जनकपुर – प्रदेश २ मा पछिल्लो २४ घण्टामा १२ महिला सहित ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सबभन्दा बढी पछिल्लो २४ घण्टामा रौतहटमा ३५ जना कोरोना संक्रमित थपिएका हुन्  ।

योसँगै कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४६ पुगेको छ ।

यस्तै, धनुषामा १० जना, महोत्तरीमा १ जना, सिरहामा ९ जना, बारामा ६ जना, पर्सामा १२ जना, सर्लाहीमा १३ जना र सप्तरीमा ९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् । जसमध्ये ४५ जना महिला रहेका छन् । योसँगै यस प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७ हजार ४ सय ५६ पुगेको छ ।

यस्तै, पर्साको पोखरिया नगरपालिका १ बंकटवा टोलका ७७ वर्षीय पुरुषको कोरोनाकै कारण उपचारको क्रममा ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या प्रदेश २ मा १ सय २५ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ