गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… धेरै पढिएका १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ५ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त Kalpana Craft ट्रेण्डिङ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश नयाँ वर्षमा शुक्राले २ हजार २४ रुपैयाँमै मुटु, कलेजो र किड्नीसहितका प्रयोगशाला परीक्षण गर्ने कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय अध्ययन समितिका पाँच सुझाव गर्भवती महिलाले कफी पिउन हुन्छ ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित) कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द