२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीमा निषेधाज्ञा एकसाता थप

महोत्तरीमा निषेधाज्ञा एकसाता थप


जनकपुर-कोरोना भाइरसको संक्रमण बढेपछि महोत्तरीमा जारी निषेधाज्ञालाई बढाइएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको समय सोमबार राति १२ बजे समाप्त हुने भएकोले भदौं २२ गते राति १२ बजेसम्मको लागि पुनः थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको सिडिओ कटुवालले बताए । त्यस्तै अबको निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु बिहान ५ बजे देखि ११ बजेसम्म खोल्न पाइने भएको छ ।

प्रशासनले यस निषेधाज्ञाको अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ तथा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने समेत बताइएको छ ।

त्यस्तै, महोत्तरीमा १ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ