२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जोखिम भत्ता नपाएको भन्दै सर्लाहीको हरिपुर नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित

जोखिम भत्ता नपाएको भन्दै सर्लाहीको हरिपुर नगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित


जनकपुर, – सर्लाहीको हरिपुर नगरपालिकाअन्तर्गतका स्वास्थ्यकर्मीहरु जोखिम भत्ता सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाको चैत २० गते बसेको बैठकको निर्णय अनुसार जोखिम भत्ता उपलब्ध गराउन माग गर्दै स्वास्थ्यकर्मीहरु गत शुक्रबार देखि धर्नामा बसिरहेका हुन् ।

बैठकले कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा खटेका स्वास्थ्यकर्मचारीलाई तलबको सतप्रतिशत र स्वास्थ्य संस्थामा खटिँदा ५० प्रतिशत प्रोत्शाहन गर्दै भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । कार्यपालिकाले निर्णय गरेको चार महिना वितिसक्दा पनि सेवा सुविधा नपाएपछि आन्दोलनमा जानुपरेको पिडारी स्वास्थ्य चौकीका इन्चार्ज महेन्द्र साहले बताए ।

उनका अनुसार एक-दुई जना स्वास्थ्यकर्मी स्वास्थ्य संस्थामै बसेर सेवा प्रदान गरिरहेका छन् भने बाँकी नगरपालिकामा आएर धर्नामा बसिरहेका हुन् । स्वास्थ्यकर्मीहरुले गत बिहिवार थ्रोट स्वाब संकलन भइरहँदा हरिपुरस्थित हात्तीसार मैदानमा जम्मा भएर सांकेतिक रुपमा विरोध समेत जनाएका थिए ।
संकटको समयमा जोखिम मोलेर काम गर्दा समेत श्रम शोषण नगर्न स्वास्थ्यकर्मीहरुले माग राखेका छन् । आन्दोलित स्वास्थ्यकर्मी र नगरपालिकाबीच आईतबार दिउँसो भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

वार्तामा नगरप्रमुख जमिरुदिन मन्सुरले वजेट अभावका कारण निर्णय गरेअनुसारको भत्ता सुविधा उपलब्ध गराउन नसकेको भन्दै क्वारेन्टाइनमा खटिँदा दिने भनिएको सय प्रतिसतको साटो ३० र स्वास्थ्य संस्थामा खटिँदा दिने भनिएको ५० प्रतिसतको साटो १५ प्रतिसत मात्रै भत्ता उपलब्ध गराउने बताइएपछि स्वास्थ्यकर्मीहरुले अस्वीकार गरेकाले वार्ता निष्कर्ष विहीन बनेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ