गृहपृष्ठ ∕ प्रदेश २ ∕ थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, १९:५७ मा प्रकाशित जनकपुर – मासु व्यवसायीको कोरोना संक्रमणबाट बारामा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ४ ५५ बर्षीय शेख समी उल्लाह ननकको बिहिबार मृत्यु भएको हो । सुगर र प्रेसरका बिरामी शेख केही दिनदेखि बिरामी परेका थिए । बुधबार एक्कासी मृतक शेख सिकिस्त विरामी भएपछि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा उपचारका लागि भर्ना गरेका थिए । उपचारकै क्रममा शेखको मृत्यु भएपछि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको वडा नम्बर ४ का वडा सदस्य नसिम मियाले वताए । मृतक शेख सिमरा चोकमा मासु पसल गर्दै आएका थिए । यस्तै, धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । धनुषाको बर्दिबास स्थित निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । अस्पतालमा उपचारका लागि भर्ना भएपछि महिलामा संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको आज मृत्यु भएको हो । मृतक महिलाको शव धरानबाट मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ My Journey Against Myeloma Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग घरमै यसरी बनाउनुहोस् फेस सीरम कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' सिभिलमा अब परम्परागत चिनियाँ चिकित्सा अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि मन्त्री पौडेलको ? अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग घरमै यसरी बनाउनुहोस् फेस सीरम कोशी अस्पताल कर्मचारी युनियनको अध्यक्षमा डा. रोशन