सिरहाको विष्णुपुर गाउँपालिका साउन मसान्तसम्मका लागि लकडाउन

जनकपुर – कोरोना संक्रमण बढ्दै गएपछि सिरहाको विष्णुपुर गाउँपालिका साउन ३२ गतेसम्मका लागि लकडाउन गरिएको छ । बुधबार विहान ६ वजेदेखि लागु हुने गरी पालिका भित्र रहेका अतिआवश्यक बाहेकका सम्पूर्ण सेवा सबै बन्द रहने भएको हो।
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेस्वर यादबका अनुसार आजदेखि लागु हुनेगरी लकडाउनको निर्णय भएको वताए । बिष्णुपुर गाउँ कार्यापालिका बैठकले जिल्ला बिपद ब्य्बस्थापन समितिको सल्लाह अनुरुप लकडाउन गर्ने निर्णय गरेको हो ।
मंगलबार सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि बिष्णुपुर बजार क्षेत्रभित्र पनि अपरिचित मानिसको भिडभाड हुनेभएकोले यस्तो निर्णय गर्नुपरेको प्रमुख प्रसाससकिय अधिकृत कमल देब यादबले बताए । लकडाउन अवधिभरमा अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दूध ढुवानी गाडी खानेपानी फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य संचालन बाहेक अन्य सेवा बन्द हुने छ ।
बैठकले बिष्णुपुर गाउँपालिका अन्तर्गत हाटबजार, सभा समेलन, व्यवसाय, होटेल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजि सवारी साधन पनि बन्द गर्न अनुरोध गरेको छ । लकडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरेका छ्न ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ५ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ६ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ७ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
तपाईको प्रतिक्रिया दिनुहोस