सप्तरीमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
जनकपुर – सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन पुर्याउने क्रममा ती वृद्धको मृत्यु भएको हो ।
चारदिन अघि ज्वरो आएपछि उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए । यो सँगै जिल्लामा कोरोनाबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ ।
धेरै पढिएका
- १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- २ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम
- ३ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त
- ४ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द
- ५ नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
- ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ?
- ७ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान
तपाईको प्रतिक्रिया दिनुहोस